इरानी सुरक्षा बलद्वारा किशोरीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा, सरकारले भनेको थियो- आत्महत्या

ती कागजातहरू मार्फत बीबीसीले सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शकरमानीबारे पत्ता लगाएको हो ।
हराएको नौ दिनपछि उनको शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

नेपालभ्युज

इरानी सुरक्षा बलद्वारा किशोरीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा, सरकारले भनेको थियो- आत्महत्या

एजेन्सी । एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा भएको छ । सुरक्षा बलका अधिकारीहरूले लेखेको एउटा गोप्य कागजात लिक हुँदा घटना सार्वजनिक भएको हो ।

यस विषयमा महिनौंदेखि अनुसन्धान गरेपछि बीबीसीले घटनाबारे पत्ता लगाएको हो ।

ती कागजातहरू मार्फत बीबीसीले सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शकरमानीबारे पत्ता लगाएको हो ।
हराएको नौ दिनपछि उनको शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

बीबीसीले यी आरोपहरूको बारेमा इरानी सरकार र रिभोलुसनरी गार्ड सोध्दा कुनै प्रतिक्रिया नपाएको जनाएको छ ।

यो रिपोर्ट ‘अत्यधिक गोप्य’को रूपमा मार्क गरिएको थियो । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)द्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो ।

यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ । निकालाई गोप्य भ्यानमा राखिएपछि उनलाई त्यहाँ एक व्यक्तिले शोषण गरेको थियो । उनलाई हतकडी लगाएपछि उनले विरोध गरिन् ।

हात खुट्टा चलाएर आफूलाई बचाउने प्रयास गरिन् । उनले बढी हलचल गरेपछि लाठीले हानिएको समाचारमा उल्लेख छ । यस विषयमा महिनौंदेखि अनुसन्धान गरेपछि बीबीसीले निकाको जीवनको अत्यमा के भयो भन्नेबारे पत्ता लगाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved