अत्यधिक गर्मी भएपछि अदालतले विद्यालय बन्द गर्न आदेश दियो

नेपालभ्युज

अत्यधिक गर्मी भएपछि अदालतले विद्यालय बन्द गर्न आदेश दियो

काठमाडौं । बंगलादेशको एक अदालतले अत्याधिक गर्मी बढेको भन्दै विद्यालय बन्द गर्न आदेश दिएको छ ।

अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको हो । जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्याथीहरू बिरामी परेका वा मृत्यु भएका खबर सार्वजनिक भएपछि विद्यालय बन्द गर्नु पर्ने अदालतको ठहर छ ।

पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम दिनहुँ बढ्दो क्रममा छ । अत्यधिक गर्मीका कारण बंगलादेशमा कम्तीमा सात जनाको मृत्यु भइसकेको छ ।

उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलाशले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको हो ।

अदालतले आगामी आइतबारसम्म अनुमानित तीन करोड २० लाख विद्यार्थीका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बङ्गलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने जनाएको छ ।

मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले सन् १९४८ मा रेकर्ड सुरु भएयता बङ्गलादेशमा यति ठूलो गर्मी अहिलेसम्म कहिलै अनुभव नगरेको बताए । बढ्दो तापक्रमले बङ्लादेशको लगभग तीन चौथाई भागलाई असर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved