नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

नेपालभ्युज

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।

सोमवार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरु रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरुको सुरक्षाका लागि सबै किसिमबाट प्रतिवद्ध रहेको बताए ।

उनले जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए । उनले वन लगायतका विभिन्न समस्याहरुमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved