मलेरियाका लक्षण र बच्ने उपाए

नेपालभ्युज

मलेरियाका लक्षण र बच्ने उपाए

एजेन्सी । मौसम परिवर्तन भएसँगै घर वरिपरि तथा घरभित्र लामखुट्टे पनि देखिन थालेका छन् । यस्ता लामखुट्टेले विभिन्न रोगहरु ल्याउने गर्छन् ।

जसमध्ये एउटा आम रोग मलेरिया ज्वरो पनि पर्दछ । मलेरियालाई समयमै उपचार गरिएन भने ज्यानै पनि लिन सक्छ । त्यसैले समयमै यसको पहिचान गरी सही तरिकाले उपचार गर्नु बुद्धिमानी हुन्छ ।

मलेरिया पोथी एनाफिलीज लामखुट्टेका कारण फैलिन्छ । यो लामखुट्टेले यदि कसैलाई टोक्यो भने त्यसको र्‍यालको माध्यमबाट शरीरमा प्लाज्मोडियम पेरासाइट फैलिन्छ । यही पेरासाइटबाट मलेरिया हुन्छ ।

मलेरियाको संकेत त्यस्तो लामखुट्टेले टोकेको ६ देखि १२ घण्टापछि देखिन थाल्छ । उक्त लामखुट्टेले टोकेपछि मलेरिया हुने खतरा एक वर्षसम्म रहिरहन्छ ।

आउनुहोस् यसका सुरुआती लक्षण बारे जानौं–

मलेरिया हुँदा मानिसलाई जाडो हुने र ज्वरो आउने गर्छ । साथमा यसले मांसपेशी दुख्ने, टाउको दुख्ने, थकान र वाकवाकी हुने तथा वान्ता आउने पनि हुन सक्छ ।

मलेरिया हुँदा भोकमा पनि कमी हुन्छ । मानिसलाई धेरै भोक लाग्दैन र स्वास फेर्न पनि समस्या हुन थाल्छ । तपाईंलाई यस्ता केही संकेत देखिए भने बेवास्ता नगर्नुहोस् ।

मलेरियाबाट बच्न घरको वरिपरि फोहोर पानी जम्न नदिनुहोस् । साथमा एसी तथा कुलरको पानीलाई पनि समयमा सफा गर्नुपर्छ । घरमा वा कतै बसिरहेको अवस्थामा शरीर पूरा ढाक्ने कपडा लगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved