‘द ग्रेट इन्डियन कपिल शो’ का लागि मोटो रकम लिँदै कपिल शर्मा

नेपालभ्युज

‘द ग्रेट इन्डियन कपिल शो’ का लागि मोटो रकम लिँदै कपिल शर्मा

एजेन्सी । नेटफ्लिक्समा स्ट्रीम भइरहेको हास्य कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ दर्शकलाई एकदमै मन परिरहेको छ, जो मार्च ३० देखि नै ओटीटीमा देखाइएको छ ।

शोमा कपिल शर्मा र सुनील ग्रोवरको जोडी देखेर दर्शक एकदमै खुशी छन् । अहिलेसम्म यसका जम्मा पाँच एपिसोड मात्र प्रशारित भएका छन् । तर पनि कपिल शर्माले यसबाट मोटो रकम कमाइसकेका छन् ।

कपिल शर्माले यो  शो को हरेक एपिसोडका लागि मोटो रकम लिने गर्छन् । एक सञ्चार माध्यमको रिपोर्टअनुसार कपिलले एउटा एपिसोडका लागि पाँच करोड रुपैयाँ लिइरहेका छन् ।

उनलाई शो का लागि करीब २६ करोड रुपैयाँ प्राप्त भएको छ । यो शो किन पनि विशेष छ भने सुनील ग्रोवर करीब छ वर्षपछि कपिल शर्मासँग सँगै देखिएका छन् ।

शो मा किकु शारदा, कृष्णा अभिषेक, अर्चना पूरन सिंह पनि आफ्नै पुरानै भूमिकामा देखिएका छन् । यो कार्यक्रम १९० देशहरुमा प्रशारण भइरहेको छ ।

यसको पहिलो एपिसोडमा रणवीर कपूर, उनकी आमा र दिदीबीच हाँसो तथा रमाइलो कुराकानी गर्दै देखिएका थिए । त्यस्तै अभिनेता आमिर खान यसको पाँचौं भागमा विशेष पाहुना बनेर पुगेका थिए । तपाईंले नेटफिलिक्समा यो कार्यक्रमको नयाँ एपिसोड हरेक शनिबार राती आठ बजे हेर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved