नेपालमा पहिलो पटक हाइड्रोजनको प्रयोग गरेर कार चलाइयो

नेपालभ्युज

नेपालमा पहिलो पटक हाइड्रोजनको प्रयोग गरेर कार चलाइयो

काठमाडौं । नेपालमा पहिलो पटक हाइड्रोजन प्रयोग गरेर कार चलाइएको छ । काठमाडौं विश्वविद्यालयले परीक्षण उत्पादन गरेको हाइड्रोजन भरेर कार सञ्चालन गरेको हो । स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो ।

करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो । नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा डा विराजसिंह थापाले स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको बाताए ।

विश्वविद्यालयले नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । विश्वविद्यालयले अहिले ५ केजी हाइड्रोजन रिफिलिङ स्टेसन बनाएको हो ।

व्यापारिक प्रयोजनका लागि भने ३० केजीभन्दा माथिको रिफिलिङ स्टेसन आवश्यक पर्छ । अध्ययनमा करिब २ देखि ३ करोड खर्च भएको केयूको भनाइ छ । विश्वविद्यालयले २० देखि २५ गाडीहरुलाई प्रत्येक दिन रिफ्युल गर्न सक्ने पाइलट स्केलको व्यवसायिक रिफल स्टेशन डिजाइन गर्ने छ ।

यद्यपि नेपालमा भने हाइड्रोजनको प्रयोगलाई कानूनी मान्यता छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved