जुनसुकै बेला सत्ता गठबन्धन भत्काउन सक्ने हैसियत राख्छौं : उपाध्यक्ष पौडेल

जुनसुकै बेला सत्ता गठबन्धन भत्काउन सक्ने हैसियत राख्छौं : उपाध्यक्ष पौडेल

जनकपूरधाम। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग रहेको चेतावनी दिएका छन् ।

एमालेको ‘मिसन ग्रास रुटु अभियान’ अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका उपाध्यक्ष पौडेलले एमाले जिम्मेवार प्रतिपक्षको रुपमा रहने भएकोले त्यस्तो गतिविधिमा लाग्न नखोजेको बताए।

उनले अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने दाबी गरे ।

उपाध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउनेमा केन्द्रित रहेकोले देश र जनताको समस्या समाधान गर्नै नसक्ने आरोप लगाए । उनले एमाले राष्ट्रिय राजनीतिको मियोकोव रुपमा रहेको भन्दै एमालेबिना राष्ट्रिय राजनीति एक इन्च पनि अगाडि बढ्न नसक्ने दाबि गरे।

निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको बताउँदै उनले भने, ‘देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’

उनले यस्तो राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved