विवाहेत्तर सम्बन्धले लियो हितेन्द्र र प्रियंकाको ज्यान, विदेशमा रहेका पति स्वदेश फर्कँदै

नेपालभ्युज

विवाहेत्तर सम्बन्धले लियो हितेन्द्र र प्रियंकाको ज्यान, विदेशमा रहेका पति स्वदेश फर्कँदै

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–३ का स्थानीय ३१ वर्षीय हितेन्द्र पासवान केहि दिनदेखि परिवारको सम्पर्कबाट बाहिर थिए ।

हितेन्द्र सम्पर्कमा नआएपछि प्रहरीमा उजुरी दिएर परिवारका सदस्यहरू नै उनको खोजीमा निस्केका थिए ।

जनकपुरको होटलहरूमा खोजी गर्ने क्रममा रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा पुगे हितेन्द्रका परिवारका सदस्यहरू ।

सञ्चालकले केहि दिनदेखि आफ्नो गेष्ट हाउसमा दुई जना महिला पुरूष बसिरहेको जानकारी दिए ।

परिवारका सदस्यले उनी हितेन्द्रको भएको अनुमान गर्दै कोठा नम्बर २०५ मा पुगेर ढोका ढकढक्याए । तर, ढोका खुलेन । बरू भित्र बच्चा रोएको आवाज आइरह्यो ।

त्यसपछि गेष्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरे । ढोका फुटाएर हेर्दा भित्र हितेन्द्र र पिपरा माइतीघर भएकी २५ वर्षीया प्रियंका कापर झुण्डिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले जानकारी दिए ।

सिलिङमा रहेको डण्डीमा सलको पासो लगाएर दुवैजना झुण्डिएका थिए ।

जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला

कोठाभित्र रहेकी साढे २ वर्षीया बालिका मृतक प्रियंकको रहेको खुलेको डीएसपी अवा बताए ।

मृतक दुवैजना विवाहित हुन् । विवाहेत्तर सम्बन्धका कारण उनीहरूको दुखान्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पिपरा माइत भएकी प्रियंका र हितेन्द्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

किशोराअवस्थादेखि नै प्रेम सम्बन्धमा रहेका भएपनि उनीबीच जातियताको कारण विवाह हुन नसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

हितेन्द्रसँग प्रेम सम्बन्धमा रहेकी प्रियंकाको करिब चार वर्षअघि महोत्तरीकै लोहारपट्टी नगरपालिका-४ का राकेश कापरसँग मागी विवाह भएको थियो।

उनीहरूको एउटा छोरी छ । छोरी जन्मिएपछि राकेश डेढ वर्षअघि वैदेशिक रोजगारीको लागि कतार गएका थिए। उनी हाल कतारमै छन्।

यता, हितेन्द्रका दुई छोरा र दुई छोरी छन् । मलेसियाबाट दुई वर्षअघि मात्र फर्किएका उनी फेरी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।

सम्बन्ध सबैलाई थाहा हुने डरले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रियंकाको पति स्वदेश फर्किदैँ छन् । परिवारसँगको कुराकानीपछि प्रियंका र हितेन्द्रको शवको पोष्टमार्टम गरिने डीएसपी अवाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved