तीन महिना नपुग्दै फेरिए सिरहा प्रहरी प्रमुख, इलाममा पनि वर्षदिन नपुग्दै हटाइए

नेपालभ्युज

तीन महिना नपुग्दै फेरिए सिरहा प्रहरी प्रमुख, इलाममा पनि वर्षदिन नपुग्दै हटाइए
प्रतिकात्मक स्केच

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिरहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ । इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो ।

सिरहामा आचार्यलाई १ फागुनको सरुवामा पठाइएको थियो । त्यो ठाउँमा रमेश पण्डितलाई पठाइएको छ । इलाममा पठाउन बाँकी छ ।

उनीहरूलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन । यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरू हटाइएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved