मधेसमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा, पार्टी विभाजनको गरे भर्त्सना

नेपालभ्युज

मधेसमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा, पार्टी विभाजनको गरे भर्त्सना

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)विभाजन भएपछि मधेस प्रदेश संसदीय दलको बैठकले पार्टी विभाजनको भर्त्सना गरेको छ ।

सोमबार बसेको जसपा मधेस प्रदेश संसदीय दलको बैठकले दल विभाजनको षडयन्त्र गर्नेविरूद्ध भर्त्सना गर्नेलगायतका निर्णय गरेको हो ।

पार्टीमा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गरेको आरोप लगाउँदै आइतबार अशोक राईसहित ७ प्रतिनिधि सभाले पार्टी विभाजन गरेका छन् ।

राईसहित नवलकिशोर साह, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशिला श्रेष्ठले दल विभाजन गरेका हुन् । यद्यपि, मधेसका अधिकांश सांसद यादवको पक्षमा देखिएका छन् ।

प्रदेश सभा सदस्य रामअशिष यादवले पार्टी फुटको षड्यन्त्र गर्नेविरूद्ध भर्त्सना गर्दै अगामी दिनमा यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।

जसपाका १९ प्रदेश सभा सदस्यहरूमध्ये सोमबारको बैठकमा १६ जना उपस्थित थिए । अनुपस्थित हुनेहरूमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह छन् ।

जसमध्ये सरोज सिंह कुशवाहाले आफू अत्यन्त जरूरी काममा बाहिर रहेको जानकारी दिए ।

आफू बैठकमा उपस्थित हुन नसके पनि छलफलको विषयमा टेलिफोनमा आफ्नो मत राखेको प्रतिक्रिया दिए । अन्य दुई जनाको अनुपस्थितिको कारण भने खुलेको छैन ।

बैठकले जनमत पार्टीले अवरूद्ध गर्दै आएको प्रदेश सभा बैठक सञ्चालनका लागि वार्ता र संवादको मार्फत् अघि बढ्ने निर्णय समेत गरेको छ।

त्यसैगरी, संघीय सरकारमा वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका सांसद दीपक कार्की आफू उपेन्द्र यादव पक्षतिरै रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved