जसपा फुटले मधेस तरङ्गित , आकस्मिक बैठक बस्दै

नेपालभ्युज

जसपा फुटले  मधेस तरङ्गित , आकस्मिक बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि मधेश प्रदेश तरङ्गित भएको छ । केन्द्रमा पार्टी विभाजन भए लगत्तैको अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको बैठक बोलाएका छन् ।

यादवले अहिले बिहान ८ बजे आकस्मिक बैठक बोलाएका हुन् । बैठक मधेश भवनमा बस्नेछ । मधेशमा जसपा नेतृत्वको सरकार छ । जसपासँग १९ सांसद छन् । विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ ।

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ ।
मधेशमा १०७ सांसद छन् । पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ सांसद पक्षमा उभिएका थिए ।

जसमा जसपाका १९ सांसद छन् । जसपाले वर्तमान गठबन्धन छाडेमा माओवादी र एमालेले नयाँ सरकार बनाउन सम्भव छैन । नयाँ राजनीतिक परिस्थिति अनुसार उपेन्द्रले मधेशमा कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने अवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved