६ घण्टापछि नियन्त्रणमा आयो मटिहानीको आगलागी, १ सयभन्दा धेरै घर जले

नेपालभ्युज

६ घण्टापछि नियन्त्रणमा आयो मटिहानीको आगलागी, १ सयभन्दा धेरै घर जले

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ ।

दिउँसो १ बजे सल्किएको आगलागी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि  नियन्त्रणमा आएको हो । आगलागीमा १२५ भन्दा बढी घरगोठ जलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले क्षतिको थप विवरण संकलन कार्य भइरहेको बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved