आईपीएलमा पञ्जाबसँग कोलकाता ८ विकेटले पराजित

नेपालभ्युज

आईपीएलमा पञ्जाबसँग कोलकाता ८ विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले दुई विकेट गुमाएर भेट्टायो ।

पञ्जाबका बेयरस्टोले अविजित एक सय ८ तथा शंशाक सिंहले ६८ रन जोडे । प्रभसिमरनले ५४ तथा राइली रोसोउले २६ रन जोडे । कोलकाताका सुनिल नारिनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।

जितसँगै पञ्जाबको ९ खेलमा ६ अंक भएको छ । पञ्जाब अंकतालिकाको आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अंक भएको छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved