च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान जान्छ ? यसो भन्छन् बीसीसीआईका उपाध्यक्ष

नेपालभ्युज

च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान जान्छ ? यसो भन्छन् बीसीसीआईका उपाध्यक्ष

काठमाडौं । च्याम्पियन्स ट्रफी अर्को वर्ष पाकिस्तानमा हुँदैछ ।

राजनीतिक शत्रुता रहेको भारत प्रतियोगितामा सहभागी हुन पाकिस्तान जान्छ की जाँदैन भनेर विभिन्न अड्कलबाजी भइरहेको छ ।

यसैबीच बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले च्याम्पियन्स ट्रफीको सन्दर्भमा भारत सरकारले हामीलाई जे भन्छ, त्यही गर्ने बताएका छन् ।

शुक्लाले भने, ‘हामीलाई भारत सरकारले अनुमति दिएपछि मात्रै हाम्रो टोलीलाई खेल्न पठाउँछौँ, त्यसैले सरकारको निर्णयलाई मात्र मान्नेछौँ ।’

भारत र पाकिस्तानबीचको सम्बन्धमा तिक्तताको असर क्रिकेटमा पनि परेको छ ।

तर, गत वर्ष पाकिस्तानको टोली भारतमा विश्वकप खेल्न भारत पुगेको थियो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।

भारतीय टोली पछिल्लो पटक सन् २००८ मा एसिया कपमा सहभागी हुन पाकिस्तान गएको थियो । त्यसयता दुई देशबीच कुनै द्विपक्षीय शृङ्खला भएको छैन।

अमेरिकार र वेस्ट इन्डिजमा टी २० विश्वकपमा जुन ९ मा भारत र पाकिस्तान आमनेसामने हुँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved