टी-२० विश्वकपको उपाधि जिते पाकिस्तानले प्रत्येक खेलाडीलाई १ लाख डलर दिने

नेपालभ्युज

टी-२० विश्वकपको उपाधि जिते पाकिस्तानले प्रत्येक खेलाडीलाई १ लाख डलर दिने

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टी-२० विश्वकप २०२४ को उपाधि जिते खेलाडीलाई दिने व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ ।

जियो न्यूजको रिपोर्टअनुसार पाकिस्तानी टोलीले टी–२० विश्वकप जिते प्रत्येक खेलाडीलाई १ लाख डलर पुरस्कार दिइनेछ ।

हाल यो रकम पाकिस्तानमा २ करोड ७७ लाख रूपीभन्दा बढी छ । पीसीबीका अध्यक्ष मोहसिन नक्वीले खेलाडीलाई प्रोत्साहनस्वरूव पुरस्कार घोषणा गरिएको जानकारी दिए ।

टी–२० विश्वकप जुनबाट सुरू हुँदैछ । टी–२० विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।

भारत र पाकिस्तान एउटै समूहमा छन् । आयरल्याण्ड, क्यानडा र अमेरिका पनि यो समूहमा छन्। भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।

पाकिस्तानले आयरल्याण्डसँग तीन र घरेलु मैदानमा इङ्ल्यान्डसँग चार खेल खेल्ने छ । दुवै शृंखला विपक्षी टोलीको घरमा हुनेछन् ।

पाकिस्तान र आयरल्याण्डबीचको तीन खेलको टी–२० सिरिज मे १० बाट सुरू हुँदैछ ।

त्यस्तै, पाकिस्तानी टोलीले मे २२ देखि घरेलु मैदानमा इङ्ल्यान्डसँग चार खेलको टी–२० सिरिज खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved