नेपालले आज क्यानडासँग पहिलो वार्मअप खेल्दै

नेपालभ्युज

नेपालले आज क्यानडासँग पहिलो वार्मअप खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप म्याच खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल आज राति सवा ९ बजे अमेरिकाको डलासमा हुनेछ । क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टनसँग दुई अभ्यास म्याच खेलेको थियो । दुवै अभ्यास म्याच नेपालले जितेको छ ।

अहिलेसम्म नेपालले क्यानडासँग एउटा टी–२० खेलेको छ त्यो खेलमा नेपाल विजयी भएको छ । त्यसैले नेपाल उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ ।

यी दुई टिमले पहिलोपटक २०२२ मा टी–२० आई खेलेका थिए । जसमा नेपाल ८ विकेटले विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved