के मिताली राजसँग बिहे गर्दैछन् शिखर धवन ?

नेपालभ्युज

के मिताली राजसँग बिहे गर्दैछन् शिखर धवन ?

काठमाडौं । अनुभवी भारतीय ब्याट्सम्यान शिखर धवनले आफ्नो विवाह हल्लाबारे बताएका छन् ।

जियो सिनेमाको शो ‘धवन करेंगे’ मा एक अन्तर्वार्ताका क्रममा दिग्गज भारतीय क्रिकेटर मिताली राजसँग आफ्नो विवाहको हल्लाबारे धवनले खुलासा गरेका छन् ।

मिताली राज भारतीय महिला क्रिकेटर मध्येकी एक हुन् । अहिले उनी महिला ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

मितालीले पछिल्लो पटक क्राइस्टचर्चमा दक्षिण अफ्रिकाविरुद्ध सन् २०२२ को विश्वकप खेलमा भारतको तर्फबाट खेलेकी थिइन् ।

हाल मिताली राज वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा गुजरात जायन्ट्सकी मेन्टर छिन् ।

अर्कोतर्फ, धवनले हालै आईपीएल २०२४ मा पञ्जाब किंग्सबाट खेलेका थिए ।

धवनले भने, ‘मैले मिताली राजसँग विवाह गर्न लागेको सुनेको छु। यो सबै सामाजिक सञ्जालमा फैलिएको हल्ला हो, यसमा कुनै सत्यता छैन । मैले विवाहबारे अहिले सोचेको पनि छैन ।’

मिताली र धवन शोमा अतिथिको रुपमा पुगेका थिए । हालै मात्र धवनको सम्बन्धविच्छेद भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved