जनमतको काठमाडौंमा प्रदर्शन, ‘नौलो गणतन्त्र’आन्दोलनको उद्घोष

नेपालभ्युज

जनमतको काठमाडौंमा प्रदर्शन, ‘नौलो गणतन्त्र’आन्दोलनको उद्घोष

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।

देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै डा‌. राउतले ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गरेका हुन्।

गणतन्त्रलाई सुधार गर्नका लागि गणतन्त्र दिवसको अवसर पारेर आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ।

देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको उनले बताए ।

प्रदर्शनमा सहभागी हुन मधेस प्रदेशबाट १ हजारभन्दा बढी समर्थक काठमाडौं आएका थिए । नौलो गणतन्त्र आन्दोलनको उद्घोषअघि उनीहरूको र्‍याली भृकुटीमण्डपबाट सुरू भएर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो ।​

कोण सभालाई सम्बोधन गर्दे जनमतका नेताहरुले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्नुपरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved