मुम्बइसँग हैदरावाद ७ विकेटले पराजित

नेपालभ्युज

मुम्बइसँग हैदरावाद ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ ।

हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

जितपछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अंकसहित चौथो स्थानमा छ । प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved