प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नया वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बोलाइएको छ ।

शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले बैठक अवरोध गर्दै आएको छ ।

भोलि शुरु हुने अधिवेशनमा पनि कांग्रेसले संसदीय समिति गठनको मागलाई अझ बलियो गरि राख्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved