उमेद्वारले मतदान गरेपछि मात्रै नागरिकका लागि मतदान खुल्ला

नेपालभ्युज

उमेद्वारले मतदान गरेपछि मात्रै नागरिकका लागि मतदान खुल्ला

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा  सुरु भएको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलन लिम्बुले मतदान गरेका छन् ।

लिम्बुले माङसेबुङ– २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

नागरिकले मतदान गर्नु भन्दा पहिले उम्मेद्वार लिम्बुले मतदान गरेका हुन् । सो मतदान केन्द्रमा १२ सय ७ मतदाता छन् ।

मतदान गरेपछि उम्मेद्वार लिम्बुले सबै मतदातालाई निर्भयका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved