मतदान हुने क्षेत्रमा पनि आज सार्वजनिक गाडी चलाउन पाइने

इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१)मा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने भएको हो ।

नेपालभ्युज

मतदान हुने क्षेत्रमा पनि आज सार्वजनिक गाडी चलाउन पाइने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि आज मतदान हुने क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ ।

इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१)मा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने भएको हो ।

शुक्रबार आयोगले निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागिसार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन पनि सञ्चालन हुन पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved