कोशी प्रदेश

प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाले अदालत जाने तयारीमा मुख्यमन्त्री कार्की

नेपालभ्युज

प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाले अदालत जाने तयारीमा मुख्यमन्त्री कार्की

विराटनगर । अहिले कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री छन्, जो नेपालको संविधानको धारा १६८ को उपधारा ५ को व्यवस्थाबमोजिम मुख्यमन्त्री बनेका हुन् ।

तर, उनी अल्पमतमा परेको एक महिना बितिसक्यो । बहुमत गुमाउँदा समेत टसमस नभएका उनले न विश्वासको मत लिएका छन्, न मार्गप्रशस्त नै गरेका छन् ।

उनलाई समर्थन दिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चैत २५ गते समर्थन फिर्ता लिइसकेका छन् । यसपछि मुख्यमन्त्री कार्कीले संविधानत: वैशाख २५ भित्र विश्वासको मत लिनुपर्थ्यो । तर, उनले लिएनन् ।

यसपछि एमाले-माओवादी केन्द्र नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेका छन् । उनीहरूले ‘मुख्यमन्त्री कार्कीलाई स्वत: कामचलाउ भएको पत्र दिन र नयाँ सरकार गठनको प्रक्रिया थाल्न’ माग गरेका छन् ।

तर, मुख्यमन्त्री कार्कीले भने यदि एमाले-माओवादी केन्द्रको मागअनुसार प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको प्रक्रिया थाले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका मुख्यमन्त्री कार्कीनिकट सांसद शमशेर राई भन्छन्, “प्रदेश कोशीमा अहिले सरकार छ, भ्याकुम भएको अवस्था छैन । यति हुँदाहुँदै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने व्यवस्था छैन । यदि चोर बाटोबाट त्यस्तो कदम चालिए कानूनी लडाइँ लड्छौँ, सर्वोच्च अदालत जान्छौँ ।”

प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र- नयाँ सरकार गठनको प्रक्रिया थालियोस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved