छोराको हत्या गरी खाटको घर्राभित्र लुकाएकी सरिताकुमारी यसरी परिन् पक्राउ

नेपालभ्युज

छोराको हत्या गरी खाटको घर्राभित्र लुकाएकी सरिताकुमारी यसरी परिन् पक्राउ

काठमाडौं । सिरहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई लहान नगरपालिका-१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत मंगलबार बिहानदेखि सरिताकुमारीको ५ वर्षीय छोरा आयुश बेपत्ता भएका थिए ।

उनै सरिताकुमारीले छिमेकीसँग आफ्नो छोरो हराएको बताएकी थिइन् । छिमेकीहरूसमेत मिलेर खोज्दा आयुशलाई भेटिएनन् ।

त्यसपछि प्रहरीलाई उनैले छोरो हराएको भन्दै खोजी दिन आग्रह गरिन् ।

प्रहरीलाई सुरुमै सरिताकुमारीमाथि नै शंका लागेको थियो । सोही शंकाको आधारमा उनकै घरबाट प्रहरीले खोजी कार्य सुरू गरेको थियो ।

खोजी गर्दा सरिताकुमारी सुत्ने कोठामै आयुश मृत भेटिएको डिएसपी सापकोटाले जानकारी दिए ।

खाटको घर्राभित्र आयुश मृत अवस्थामा भेटिएको हो । त्यसपछि प्रहरीले सरिताकुमारीलाई पक्राउ गरेको हो ।

बयानमा उनले छोराको हत्या गरेको स्वीकार गरेको डिएसपी सापकोटाले बताए ।

सरिताकुमारीविरूद्ध कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved