निर्वाचन आयोगविरुद्ध अदालत जाँदै उपेन्द्र यादव नेतृत्वको जसपा

नेपालभ्युज

निर्वाचन आयोगविरुद्ध अदालत जाँदै उपेन्द्र यादव नेतृत्वको जसपा

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको  विरुद्धमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल अदालत जाने भएको छ ।

दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी दर्ता गरेको भन्दै यादव पक्षको कानुनी उपचार खोज्न लागेको जसपा नेपालका प्रवक्ता मनिस सुमनले बताए ।

अहिले देशमा दल दर्ता सम्बन्धी कानुन नै नभएको उनले बताए ।  ‘कानुन निष्क्रिय भएको बेला यो दल कसरी दर्ता भयो, यो नै अहिलेका लागि ठुलो प्रश्न हो,’ उनले भने ।

अशोक राईको नेतृत्वमा ७ जना सांसद उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट अलग भएर आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले  राई नेतृत्वको जसपालाई  सोमबार दल दर्ताको प्रमाणपत्र दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved