काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आईतवार निर्वाचन आयोगमा निवेदन परेको थियो ।
आयोगले सोमवार सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी संघीय संसद सचिवालयलाई पनि गराएको छ । राई नेतृत्वको जसपामा ७ जना सांसदहरु रहेका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए। उनले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए ।
उनले भने, ‘आज निर्वाचन आयोगबाट दर्ता कायम रहेको जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दलबाट छुट्टीइ जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गर्नेगरी निर्वाचन आयोगको बैशाख २४ गतेको बैठकबाट निर्णय भएको भनि र सो व्यहोरा उल्लेख गरी संघीय संसद सचिवालयलाई पत्र प्राप्त भएको छ ।’
Facebook Comment
Comment