धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

जनकपुरधाम । धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर रहेको प्रहरीले जनाएको छ ।

सोमबाबर दिउँसो आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी भएको थियो । प्रहरी र वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved