धनुषाको क्षीरेश्वरनाथमा खानेपानीको हाहाकार, दमकलबाट वितरण गरिदैं

नेपालभ्युज

धनुषाको क्षीरेश्वरनाथमा खानेपानीको हाहाकार, दमकलबाट वितरण गरिदैं

धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा खानेपानीको हाहाकार भएपछि पालिकाले दमकलबाट पानी वितरण गर्न थालेको छ।

पानीको मुख्य स्रोत चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको नगर प्रमुख सुखदेव यादवले बताए ।

नगरपालिकाको उत्तरी क्षेत्र दुर्गाटोल र दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको छ । ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानी आउन बन्द भएको छ ।

चापाकलमा पानी आउन बन्द भएको गाउँका बासिन्दालाई विगत एक सातादेखि वारूण यन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको यादवले जानकारी दिए ।

दिगम्बरपुरमा खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको उनको भनाइ छ ।

दिगम्बरपुरमा पनि २० लाख रूपैयाँको लागतमा नयाँ डिप ट्युबवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

स्थानीय हरिहरपुरका स्थानिय युवा अगुवा बिनोद यादवले जमिन मुनी पानीको जल स्तर तल हुँदै गएकाले पानीका स्रोत सुकेको बताए ।

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरूवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved