आगोले देश नै आक्रान्त, सप्तरीमा एक सयभन्दा बढी घर जलेर नष्ट

नेपालभ्युज

आगोले देश नै आक्रान्त, सप्तरीमा एक सयभन्दा बढी घर जलेर नष्ट

काठमाडौं । सप्तरीको महदेवा गाउँपालिकाको चिमटिमा मंगलबार साँझ आगलागी हुँदा १ सय १० घर जलेर नष्ट भएका छन् ।

साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित एक सय बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साँझ सल्किएको आगो राती १० बजेमात्रै नियन्त्रणमा आएको थियो ।

तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ । ६ वटा दमकल, सयौं सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ५ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

स्थानीय शत्रुधन यादवको घरबाट शुरू भएको आगलागीले गाउँ नै सखाप भएको छ । आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण संकलन भइरहेको छ । आगलागीबाट घर गुमाएकाहरुले खुल्ला आकाशमुनि रात बिताएका छन् । पछिल्लो समय दिनहुँ आगलागीका घटना बढिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved