मधेसमा माओवादी र एकीकृत समाजवादीबाट तीनजना मन्त्री बन्दै

मधेसमा माओवादी र एकीकृत समाजवादीबाट तीनजना मन्त्री बन्दै

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

वैशाख ४ गते प्रदेश सभाबाट चौथोपटक विश्वासको मत लिएका मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले छोडेको मन्त्रालय नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

माओवादीका दुई र एकीकृत समाजवादीबाट एकसहित तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार तीनै जना मन्त्रीको शपथ गराउने तयारी भइरहेको छ ।

मन्त्री बन्नेहरूमा महोत्तरी निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित माओवादी संसदीय दलका नेता भरत प्रसाद साह, रौतहट ४(१) बाट निर्वाचित माओवादीका अर्का सांसद युवराज भट्टराई र एकीकृत समाजवादीबाट सर्लाही निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित बेचि लुङ्गेली छन् ।

तीनै जनालाई आज विनाविभागिय मन्त्रीको शपथ गराइने र पछि मन्त्रालयको जिम्मेवारी तोकिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved