एकडारा गाउँपालिकाका उपाध्यक्ष खातुनसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

एकडारा गाउँपालिकाका उपाध्यक्ष खातुनसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एकडारा गाउँपालिका वडा नं. १ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी हिनामिना गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा खातुनसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडल र जानकी कन्सट्रक्शनका प्रोपराइटर राकेश कुमार रायलाई प्रतिवादी बनाइएको छ ।

८ लाख ६५ हजार १४५ रूपैयाँ बिगोसहित कैद माग गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved