महोत्तरीको मठिहानीस्थित भगवती टोलमा भिषण आगलागी, १०० घर जलेर नष्ट (तस्वीरहरू)

महोत्तरीको मठिहानीस्थित भगवती टोलमा भिषण आगलागी, १०० घर जलेर नष्ट (तस्वीरहरू)

काठमाडौं । महोत्तरीको मठिहानी नगरपालिकाको वडा नं. ६ भगवती टोलमा भिषण आगलागी भएको छ ।

बुधबार बिहान १० बजेदेखि लागेको आगोले बस्ती नै जलेर नष्ट भएको छ । मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बस्तीका करिब १०० घर जलेर नष्ट भएको जानकारी दिए।

मानवीय क्षतिबारे अहिलेसम्म भन्ने अवस्था नभएपनि बस्ती रहेका सबै घरधुरीको धन, सम्पती, अन्न, लुगाफाटा सबै जलेर नष्ट भएको मण्डलले बताए ।

अहिले नगरपालिकाको वारुणयन्त्रसहित, वरिपरीका पालिकाहरु जलेश्वर, गौशला, रामगोपालपुर, जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरुको मद्दतले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

अन्यन्त्रबाट समेत वारुण यन्त्र झिकाउनका लागि आग्रह गरिएको मेयर मण्डलले जानकारी दिए ।

स्थानीयसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved