एकदिनका लागि काठमाडौं ओर्लिएकी जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

नेपालभ्युज

एकदिनका लागि काठमाडौं ओर्लिएकी जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एकदिने औपचारिक भ्रमण गरीस्वदेश फर्किएकी छिन् । हिजो विहान काठमाडौं ओर्लिएकी मन्त्री योको हिजो बेलुका जापान प्रस्थान गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । नेपालमा रहदा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा द्विपक्षीय हित तथा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री योकोले आइतबार नै विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । साथै जमल पुगेर केही नेपाली पुस्तक किनेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved