धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल

नेपालभ्युज

धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल

काठमाडौ‌ं  ।  नेपाल निर्जीवन बीमा व्यवसायी संघले आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीसँग भेट गरी संघका तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।

कम्पनीका सञ्चालकहरुको शेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैयौँ वर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफूलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको भन्दै संघले बोर्डको ध्यानाकर्षण गराएको थियो ।

संघका अध्यक्ष राजेन्द्र मल्लले लगानीकर्ताहरुका तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने बताए । “शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुँदा यो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरिएको छ,” उनले भने ।

भारतलगायत अन्य मुलुकमा पनि अग्रीम रुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमनकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।

भेटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मूल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ उपस्थित थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved