जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

नेपालभ्युज

जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौं ।  जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरि  दोषी ठहर भएका छन् । श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका  न्यायाधीश दुर्गाप्रसाद भुसालको एकल इजलासले उनलाई दोषी ठहर गरेको हो । उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्नेछ ।

सम्बन्ध विच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने जस्ता गतिविधि हुने गरेको पीडितको बयानपछि अदालतले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved