हमासले चार महिनामा पहिलो पटक गर्‍यो तेल अभिवमा रकेट प्रहार

नेपालभ्युज

हमासले चार महिनामा पहिलो पटक गर्‍यो तेल अभिवमा रकेट प्रहार

एजेन्सी । हमासले चार महिनामा पहिलो पटक इजरायलको तेल अभिवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अभिवमा रकेट प्रहार गरेको यो पहिलो पटक हो।

इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बीबीसी हिन्दीले  बताएको छ । इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन्  ।

हमासको सैन्य शाखा, इज्जेदिन अल कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ठूला मिसाइलहरु आक्रमण गरेको बताएको छ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो । हमासका लडाकुहरूले पनि २५२ जनालाई बन्धक बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved