सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, कांग्रेसले देखायो कालो झण्डा

नेपालभ्युज

सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, कांग्रेसले देखायो कालो झण्डा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत पाएका हुन् ।

विश्वासको मत पाउँ भनेर प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा मुख्यमन्त्री अधिकारीले ३० मत पाए । यस्तै प्रस्तावको विपक्षमा २७ मत र तटस्थमा २ मत पर्‍यो ।

६० सदस्यीय प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० मतलाई नै बहुमतको आधिकारिकता दिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

सभामुखको समेत सङ्ख्या जोडेर मुख्यमन्त्री नियुक्त भएका अधिकारीविरुद्ध कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ३० मतले नै बहुमत पुग्ने व्याख्या गरेको थियो । त्यसअनुरूप नै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved