गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत विवादमा, कांग्रेस अदालत जाने

नेपालभ्युज

गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत विवादमा, कांग्रेस अदालत जाने

काठमाडौँ । नेपाली कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक भएको भन्दै अदालत जाने बताएको छ ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेलेआइतबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताएका हुन् ।

उनले न्यायिक निरूपणको लागि आफूहरू फेरि न्यायालय जाने बताउँदै राजनीतिक  र न्यायिक रूपमा पनि लड्न तयार रहेको बताए । । उनले सोमबार नै कांग्रेसले सर्वोच्च अदालत जानेगरी तयारी गरेको समेत बताए ।

६० सदस्यीय प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० मतलाई नै बहुमतको आधिकारिकता दिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

विश्वासको मत पाउँ भनेर प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा मुख्यमन्त्री अधिकारीले ३० मत पाए । यस्तै प्रस्तावको विपक्षमा २७ मत र तटस्थमा २ मत परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved