वेस्ट ह्यामको पोस्टमा चेल्सीको गोल वर्षा

नेपालभ्युज

वेस्ट ह्यामको पोस्टमा चेल्सीको गोल वर्षा

काठमाडौं । चेल्सीले वेस्ट ह्याम युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । जितसँगै चेल्सीले अर्को सिजन युरोपियन कप खेल्ने सम्भावना कायम राखेको छ ।

आइतबार राति भएको खेलमा चेल्सी ५–० गोलले विजयी बनेको हो । घरेलु मैदानमा चेल्सीको यो लगातार चौथो जित थियो ।

आइतबार नै भएका अन्य खेलमा लिभरपुलले टोनटह्याम हटस्पर्सलाई ४–२ गोलले हरायो । आइतबार नै एस्टन भिल्ला ब्राइटनसँग पराजित भएको छ । ३६ खेलपछि लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा छ ।

भिल्ला समान खेलबाट ६७ अंकसहित चौथो स्थानमा छ । एक खेल कम खेलेको स्पर्सको ६० अंक सहित पाँचौँ स्थानमा छ । चेल्सी भने ३५ खेलबाट ५४ अंक बटुल्दै सातौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved