बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी भाषाका रुपमा लागू हुँदै

नेपालभ्युज

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी भाषाका रुपमा लागू हुँदै

काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ ।

बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू हुने भएको हो ।

२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक घोषणा गर्न लागेको हो ।

बिहान ९ बजे वसन्तपुरमा शुभारम्भ कार्यक्रम रहेको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए । उनका अनुसार त्यसअघि नेवार र तामाङ समुदायका झाँकीसहितको ¥याली निकालिँदैछ ।

भाषा ऐन लागु हुने दिनको अवसरमा सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा पनि दिइएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ ।

यो ऐन लागू भएसँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत तामाङ र नेपाल भाषामा पनि सेवा दिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved