नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

नेपालभ्युज

नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

काठमाडौं । नेपालमा वार्षिक रूपमा जनसंख्या ० दशमलव ९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो ।

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ ।

नेपालमा हाल २ करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या छ । ० दशमलव ९२ को दरले वार्षिक रूपमा जनसंख्या वृद्धिदर भइरहेको छ । जनसंख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशत भन्दा तल छ ।

करिब ८० वर्षको इतिहासमा एक भन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलो पटक हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३ दशमलव ८ प्रतिशत भएको छ ।

नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष

अहिले नेपालको कुल औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको छ । पुरुषको ६८ दशमलव २ रहेको छ भने महिलाको ७३ दशमलव ८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । ग्याप करिब करिब ५ वर्षले फरक छ ।

सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२ दशमलव ५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९ दशमलव ५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७० दशमलव ४, सुदूरपश्चिममा ७१ दशमलव ३, मधेस प्रदेशमा ७ दशमलव ८, गण्डकी प्रदेशमा ७२ दशमलव १, बागमती प्रदेशमा ७२ दशमलव ४ रहेको छ ।

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । जसमा ७५ दशमलव ५ रहेको छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२ दशमलव ५ वर्ष रहेको छ ।

हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved