बालुवाटारमा जुटेन सहमति, प्रचण्ड–ओली र देउवा आइतबार बस्ने

नेपालभ्युज

बालुवाटारमा जुटेन सहमति, प्रचण्ड–ओली र देउवा आइतबार बस्ने
फाइल फोटो

काठमाडौं । सहकारी प्रकरणमा संसदीय समितिको कार्यादेशमा कार्यदलले जुटाएको सहमतिबारे छलफल गर्न बसेको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ  बसेको बैठक निष्कर्षविहीन भएको  हो । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन्।

उक्त बैठकमा सकारात्मक छलफल  भए पनि आइतबार बिहान शीर्ष नेताहरू बसेर टुंगोमा पुगिने नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिए।

उनले भने,  ‘भोलि ९ बजे नेपाली कांग्रेस सभापतिसहित शीर्ष नेताहरूको बैठक हुन्छ ।’  उनका अनुसार आइतबार बिहान ९ बजे सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुनेछ ।

यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउने गरी सहमति भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved