सडक डिभिजनको गेटमा काठमाडौं महानगरले खन्यायो एक ट्रक धुलो

नेपालभ्युज

सडक डिभिजनको गेटमा काठमाडौं महानगरले खन्यायो एक ट्रक धुलो

काठमाडौं । काठमाडौं महानगरपालिकाले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालयको गेट अगाडि एक ट्रक धुलो खन्याएको छ ।

कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै विरोधस्वरूप एक ट्रक धुलो खन्याएको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठप्रति आक्रोशसमेत व्यक्त गरेका छन्।

महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन्।

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved