संसद्को अवरोध चाँडै हट्छ : उपाध्यक्ष पौडेल

नेपालभ्युज

संसद्को अवरोध चाँडै हट्छ : उपाध्यक्ष पौडेल

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संसदको अवरोध चााडै हट्ने बताएका छन् । नेकपा (एमाले) चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे ।

“कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ”, उपाध्यक्ष पौडेलले भने । विसं २०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए । “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन”, उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए ।

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेको बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो । “नाराबाजीका बीचबाट बजेट ल्याउनु पर्ने हुन सक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक सङ्कट आउँछ ।”


Comment

One thought on “संसद्को अवरोध चाँडै हट्छ : उपाध्यक्ष पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved