कला परिषद्‌मा ‘नेपालका देवीदेवता’ (तस्वीरहरू)

कला परिषद्‌मा ‘नेपालका देवीदेवता’ (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित नेपाल कला परिषद्‌मा नेपाल हस्तकला महासंघ र नेपाल कला परिषद द्वारा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनीको दोस्रो संस्करण आयोजना गरिएको छ ।

प्रदर्शनीमा नेपालका देवीदेवताहरूको आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई एउटै स्थानमा प्रस्तुत गरिएको छ।

यस प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तु‌कहरूलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्दै, विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको स‌द्भाव र समर्पणमा जोडिन प्रेरित गरेको छ।

प्रदर्शनीमा हिन्दु र वुद्ध धर्म संग सम्बन्धित आधुनिककला, परम्परागतकला, लोककला र समसामयिक कला अन्तरगत १६३ कलाकारहरूको २३५ थान कलाकृक्तिहरू समावेश गरिएको छ।

कलाकृतिहरूले हिन्दू र बौद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म र दर्शनहरू देखाउन खोजिएको छ।

यही जेठ ८ गतेदेखि सुरु भएको प्रदर्शनी जेठ २८ गतेसम्म चल्नेछ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved