मटिहानीका अग्नी पीडितलाई राहत वितरण

नेपालभ्युज

मटिहानीका अग्नी पीडितलाई राहत वितरण

महोत्तरी । मटिहानी नगरपालिकाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले अग्नी पीडित सबै परिवारलाई बिहीबार प्रारम्भिक रुपमा राहत वितरण कार्य सुरु गरेको जानकारी दिए ।

मटिहानी नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेअनुसार वितरण गरिएको हो ।

मटिहानी ६ जरलहवा भगवती टोलमा लागेको भीषण आगलागी ७ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीले १२५ घर जलेर नष्ट भएका छन् ।

मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलमा दिउँसो १२ बजे एउटा घरबाट सल्केको आगो बस्तीमा फैलिएको थियो । तातो हावा चलेको कारण आगो नियन्त्रण गर्न कठिन बनेको थियो ।

धनुषा, महोत्तरी र भारतीय गरी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

धानुक, मुस्लिम, पासवन, मलाह, बिन लगायतको विपन्न बस्तीमा काठ र माथि एलिवेस्टरले छाएको घर थियो ।

यस्तै, अहिले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा थप राहतको लागि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बैठक बसिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved