कोशी सहितका पहाडी भेगमा वर्षाको सम्भावना, पश्चिम तराईमा हावाहुरी चल्ने

नेपालभ्युज

कोशी सहितका पहाडी भेगमा वर्षाको सम्भावना, पश्चिम तराईमा हावाहुरी चल्ने

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अधिकांस पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशका तराईको मौसम भने सफा रहेको छ ।

दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली भई बाँकी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved