राहत नपाउँदा महोत्तरीका अग्निपीडित समस्यामा

नेपालभ्युज

राहत नपाउँदा महोत्तरीका अग्निपीडित समस्यामा

काठमाडौं । महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा भएको आगलागीबाट घर गुमाएका अग्निपीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

हिजो दिउँसो आगलागीमा धनमाल गुमाएका सर्वसाधारण समस्यामा परेका हुन् । हिजो मध्यान्ह सुरु भएको आगलागीबाट बस्तीका सय घर जलेर खरानी भएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति सरोकारवालालाई अपिल गरेका छन् ।

अग्निपीडित परिवारले राहत नपाएको गुनासो गरिरहँदा जिल्ला प्रशासन कार्यालयले त्यसका लागि प्रयास भइरहको जनाएको छ । यसैबीच, मटिहानी नगरपालिकाले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर प्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा जुट्न लागेको नगरपालिकाले जनाएको छ । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved