मोदीले राहुल गान्धीलाई ‘राजकुमार’ भनेपछि…

नेपालभ्युज

मोदीले राहुल गान्धीलाई ‘राजकुमार’ भनेपछि…

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस नेता राहुल गान्धीलाई ‘राजकुमार’ भनेपछि प्रियंका गान्धीले प्रतिक्रिया दिएकी छन् ।

गुजरातमा एक र्‍यालीलाई सम्बोधन गर्दै प्रियंकाले भनिन्, ‘प्रधानमन्त्री मोदीले मेरो भाइलाई राजकुमार भन्छन्। म भन्न चाहन्छु कि मेरो भाइले ४००० किलोमिटर पैदल हिडेँ, देशका जनतालाई भेटे र सोधे कि तपाईको जीवनमा के समस्या छ ?’

‘एकातिर सम्राट नरेन्द्र मोदीजी दरबारमा बस्छन् । किसान र महिलाको असहायता उनले कसरी बुझ्ने होला ?’ उनले प्रश्न गरिन् ।

प्रियंकाले थप भनिन्, ‘नरेन्द्र मोदी शक्तिले घेरिएका छन् । वरपरका मानिसहरू उहाँसँग डराउँछन्। उनीहरूलाई कसैले केही भन्दैनन् । कसैले आवाज उठायो भने पनि त्यो आवाज दबाइन्छ।’

यसपटक कांग्रेस नेता राहुल उत्तर प्रदेशको अमेठीको सट्टा रायबरेलीबाट लोकसभा चुनाव लड्दैछन्।

राहुललाई निशाना बनाउँदै प्रधानमन्त्री मोदीले शुक्रबार भनेका थिए, ‘मैले पहिल्यै दावी गरेको थिएँ कि राजकुमार हारको डरले अर्को सीट खोज्दैछन्।’

राहुल गान्धी रायबरेलीबाट चुनाव लड्ने, सोनियाको अमेठीमा शर्मा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved