गौतम अदानीले कमाए एकै दिनमा २६ खर्ब ४० अर्ब भारु 

नेपालभ्युज

गौतम अदानीले कमाए एकै दिनमा २६ खर्ब ४० अर्ब भारु 

भारत । भारतीय खर्बपति व्यापारी गौतम अदानीले एकै दिनमा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय सेयर बजारमा कमी देखिएको भए पनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको सेयर मूल्यमा भने तीव्र वृद्धि देखिएको थियो ।

सेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका छन् । योसँगै मंगलबारको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी थिए ।

२४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ । पछिल्लो २४ घण्टामा भएको वृद्धिपछि भने अदानीको नेटवर्थ १ खर्ब ४ अर्ब डलरमा उक्लिएको छ ।

अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिको ‘रियलटाइम’ सूचिमा अदानी १४ औं स्थानमा छन् । मंगलबार सेयर बजारमा सूचिकृत अदानी ग्रुपको १९ मध्ये ९ कम्पनीको सेयरमा उच्च वृद्धि देखिएको थियो । एजेन्सी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved